Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जाबाट दीक्षान्त समारोहमा सहभागी हुन गएका व्यक्ति सम्पर्कविहीन





स्याङ्जा । वालिङ नगरपालिका–५ जगत भञ्ज्याङ निवासी नेत्रबहादुर राना मगर काठमाडौं गएको क्रममा सम्पर्कविहीन भएका छन्।

उहाँ त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा छोरीको दीक्षान्त कार्यक्रममा सहभागी हुन काठमाडौं जानु भएको थियो। तर, बिहीबार राति करिब ९ बजेपछि काठमाडौंको नयाँ बसपार्क (गोङ्गबु) क्षेत्रबाट उहाँसँग सम्पर्क हुन सकेको छैन।

नेत्रबहादुर राना मगरको उचाइ करिब ५ फिट रहेको बताइएको छ।
उहाँलाई देख्नुभएको वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom