Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने, लुम्बिनीसँग प्लेअफको मौका


मङ्सिर १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

छ खेलबाट ६ अङ्क हासिल गरिसकेको लुम्बिनीका लागि आजको खेल प्लेअफ प्रवेशका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको छ। लुम्बिनीले जनकपुरलाई पराजित गर्न सकेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिने निश्चित हुनेछ।

जनकपुर बोल्ट्सले भने अहिले सम्म पाँच खेलबाट मात्र २ अङ्क जोडेको छ। आजको खेल जनकपुरका लागि प्रतिष्ठा जोगाउने अवसरसमेत हुन सक्छ।

Top Post Ad

post bottom ads

Ads Bottom