Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सांकेतिक तस्विर




दमक, पुस ९ गते ।
दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा सडकको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा कमल गाउँपालिका–६ निवासी ३८ वर्षीय विनोद राई गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले घटनास्थल मुचुल्का, शव परीक्षण तथा अन्य कानुनी प्रक्रिया अघि बढाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom