Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

किराना पसलबाट तीन नाबालिकाको उद्धार, संचालिका पक्राउ

 

लमजुङ, — किराना पसल तथा होटल सञ्चालनको आडमा नाबालिकालाई अनैतिक क्रियाकलापमा संलग्न गराएको उजुरीपछि प्रहरीले तीन जना नाबालिकाको उद्धार गरेको छ। घटनामा संलग्न किराना पसल संचालिकालाई समेत पक्राउ गरिएको छ।

प्राप्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बेसिशहर नगरपालिका–८ स्थित एक किराना पसलमा छापा मारेको थियो। सो क्रममा आर्थिक अवस्था कमजोर रहेका नाबालिकालाई काम लगाउने बहानामा पसलमा राखी, पसलको पछाडिपट्टि छुट्टै कोठा बनाएर पुरुष ग्राहकसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कार्यबाट पसल संचालिकाले आर्थिक लाभ लिँदै जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको पुष्टि हुने प्रमाणसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि किराना पसल संचालिका ४५ वर्षीया कोपिला श्रेष्ठलाई तत्काल पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। लमजुङ जिल्ला अदालतबाट मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्धार गरिएका नाबालिकाहरूलाई आवश्यक संरक्षण र पुनःस्थापनाका लागि संरक्षण गृहमा राख्ने व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom