Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

ब्याट्सम्यान कुशल मल्लले प्रहार गरेको बलले लागेर एक चियर लिडर घाइते


मङ्सिर १६, नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले प्रहार गरेको बल लागेर एक चियर लिडर घाइते भएकी छन्।


जनकपुर बोल्ट्सविरुद्धकाे खेलमा मल्लले प्रहार गरेको छक्का सिधै चियर लिडरको नाकमा लागेको थियो। बलले लागेको केही बेरमै उनको नाकबाट रगत बग्न थालेपछि तत्कालै उपचारका लागि उनलाई अस्पताल पुर्‍याएको थियो। घाइते चियर लिडरकाे स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।


एनपीएलमा हरेक चौका–छक्कामा चियर लिडरहरूले मैदानमै बसेर प्रदर्शन गर्ने गर्छन्।

Top Post Ad

post bottom ads

Ads Bottom