Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा कार दुर्घटना अपडेट: तीन घाइतेमध्ये एकको अवस्था गम्भीर


स्याङ्जा, मङ्सिर १८ । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३, बरनडाँडा खोला क्षेत्रमा भारतीय नम्बर प्लेटको कार दुर्घटना पर्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुटवलबाट पोखरा दिशातर्फ जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३ नम्बरको कार बिहीबार बिहान करिब ५ बजे अनियन्त्रित भई खोलामा खसेको प्रहरी चौकी गल्याङले पुष्टि गरेको छ।

खोलामा पानी लिन गएका स्थानीयले कार दुर्घटना भएको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त लगत्तै गल्याङ चौकीबाट पुगेका प्रहरी टोली र स्थानीयवासीको सहकार्यमा घाइतेको उद्धार गरिएको थियो।

उद्धार गरिएका तीनै जनालाई थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। थप विवरण प्राप्त हुन बाँकी ।

Top Post Ad

post bottom ads

Ads Bottom