Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अर्जुनचौपारीमा मोतियाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न

 

पुस १५ गते । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको आँखा उपचार कार्यक्रम अन्तर्गत मोतियाबिन्दुबाट पीडित ४३ जना बिरामीको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

यहि गएको ७, ८ र ९ गते अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको आँखा जाँच शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूलाई लक्षित गरी आज पुस १५ गते गाउँपालिका वडा नं. २, लामडाँडास्थित तमु समाज भवनमा शल्यक्रिया गरिएको हो । शिविरमा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार शल्यक्रिया शिविरमा सहभागी बिरामीहरूका लागि उपचारसँगै खाना तथा बसोबासको समेत व्यवस्था गरिएको थियो, जसले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुगेको छ ।

यसैगरी, आज शल्यक्रिया गर्न बाँकी रहेका बिरामीहरूको शल्यक्रिया पुस १६ गते बिहान ७ बजेदेखि सुरु गरिने जानकारी आयोजकले दिएको छ ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउने प्रतिबद्धता जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom