Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मोटरसाइकल चोरीमा संलग्न तीन जना बालक पक्राउ





पोखरा । कास्कीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला कास्की पोखरा महानगरपालिका–३०, मुसी डाँडा निवासी सिताराम श्रेष्ठले पोखरा–२९ घोतघोतेस्थित आफ्नो पसल अगाडि पार्किङ गरी राखेको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकल मिति २०८२ साल माघ १० गते दिउँसो करिब ३ बजे चोरी भएको भन्ने सूचना प्रहरीमा दिएका थिए।

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेजको अध्ययन तथा आवश्यक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा तीन जना बालकले मोटरसाइकल चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

अनुसन्धान तथा खोजतलासकै क्रममा मिति २०८२ साल माघ ११ गते बिहान करिब ४ बजे तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, गणेश टोलस्थित पृथ्वी राजमार्ग सडकखण्डबाट चोरी भएको उक्त मोटरसाइकलसहित तीनै जना बालकलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँको सहकार्यमा नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका बालकहरूलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom