प्रहरीका अनुसार स्थानीय रामचन्द्र महतोले जंगली जनावरबाट बाली जोगाउन आफ्नै खेतमा विद्युतीय बार जडान गरेका थिए। सोही खेतमा मजदुरी गर्न गएका चन्देश्वर महतो बिहीबार बिहान करिब पौने ११ बजे बारमा छोइँदा करेन्ट लागेर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ।
घटनास्थलमा एक वटा बाँदर पनि मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।






