Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गलत सूचना र हेटस्पिच पोस्ट गर्नेहरू आयोगको निगरानीमा, कारबाही तीव्र


माघ १०,निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालमा तथ्यविहीन, भ्रामक तथा घृणात्मक सामग्री प्रसार गर्नेहरूविरुद्ध निर्वाचन आयोगले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। गलत सूचना र हेटस्पिच नियन्त्रणका लागि सम्बन्धित नियामक निकायसँग समन्वय गर्दै निगरानी र कारबाही थालिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हानिकारक सूचनाको पहिचान र नियन्त्रणका लागि आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्धन इकाइ सक्रिय बनाइएको छ। सो इकाइमार्फत युएनडीपीको सहयोगमा ‘इमनिटर प्लस’ नामक अन्तर्राष्ट्रिय प्रविधि प्रयोग गरी सामाजिक सञ्जालमा फैलाइएका सामग्रीको निगरानी भइरहेको छ।

उक्त प्रणाली प्रयोगमा आएको एक सातामै ९८ वटा हानिकारक सूचना सामाजिक सञ्जालमा पोस्ट गरिएको पत्ता लागेपछि सम्बन्धित व्यक्तिविरुद्ध कारबाही प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ।

आयोगले प्रेस काउन्सिल नेपाल, नेपाल प्रहरीको साइबर ब्युरो तथा केन्द्रीय आचारसंहिता अनुगमन समितिसँग सहकार्य गर्दै काम गरिरहेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको संख्या बढ्दै गएको जानकारी दिए। प्राप्त उजुरीका आधारमा आयोगले ढिलाइ नगरी तुरुन्तै आवश्यक कदम चालिरहेको उनले स्पष्ट पारे।

Top Post Ad

post bottom ads

Ads Bottom