जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा ज्यान गुमाउने व्यक्ति गोरखा नगरपालिका–१४ निवासी ६० वर्षीय दलबहादुर थापा रहेका छन्। डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले उनलाई ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि ट्रकसहित फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुर सरीखेत पलासे गाउँपालिका–१ घर भएका २९ वर्षीय बाबुलाल लोला रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






