Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा गरिमा बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

फाइल तस्वीर 

स्याङ्जा, माघ १३ गते — स्याङ्जाको विरुवा गाउँपालिकामा बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।

माघ १३ गते बिहान विरुवा गाउँपालिका–०१ स्थित गरिमा विकास बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डलाई एक व्यक्तिले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी तत्काल सक्रिय भएको थियो। सूचनाको आधारमा प्रहरी चौकी विरुवा–अर्चलेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिलाई विरुवा बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति विरुवा गाउँपालिका–०१ निवासी ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठ रहेका छन्। उनलाई मिति २०८२/१०/१३ गते पक्राउ गरी भोलिपल्ट २०८२/१०/१४ गते ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

घाइते सुरक्षा गार्डको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom