Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

चितवनमा ६८ वर्षीया महिलाको हत्या प्रकरण: ५ जना पक्राउ



जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको घरभित्र हत्या गरिएको घटनामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा घर भई हाल चितवन बस्दै आएका मोटे र विजय भन्ने शुक्रबहादुर भोलान, बारा घर भई ललितपुरको च्यासल बस्ने सूर्यमान तामाङ, धादिङका बुद्धिमान लामा, स्याङ्जा घर भई चितवन बस्ने मिलन भन्ने कौबहादुर गुरुङ तथा मकवानपुर घर भई काठमाडौंको थानकोट बस्ने हिराबहादुर स्याङ्तान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार सुकमायालाई घरको कोठाभित्र हात, खुट्टा र मुखमा कपडाले बाँधेर हत्या गरिएको थियो। घटनापछि घरमा रहेका गरगहना, नगद रकम र मोबाइल फोन लुटिएको पाइएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट ना २५ प ६९६५ नम्बरको निलो–कालो पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी तथा मृतकको मोबाइल फोन बरामद गरेको जनाएको छ।

केही दिनअघि एक्लै बस्दै आएकी सुकमायाको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा अभियुक्तहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom