Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जा तामुलेक सिद्धबाबा पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न



पोखरा, फागुन ७ — स्याङ्जा तामुलेक सिद्धबाबा पोखरा सम्पर्क समाजको आठौं साधारण सभा, दोस्रो अधिवेशन तथा पारिवारिक वनभोज कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष देवी लाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले नयाँ कार्यसमिति चयन गर्दै विभिन्न सामाजिक प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिका –२ का वडा अध्यक्ष धनबहादुर गुरुङले समाजहरू बीचको एकता र सहकार्यले समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले प्रवासमा रहेका स्याङ्जावासीलाई संगठित गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गरे।

विशेष अतिथि स्याङ्जा अर्जुनचौपारी  पोखरा सम्पर्क समाजका अध्यक्ष गोविन्द काफ्लेले यस्ता संस्थाहरूले आपसी सद्भाव, सहयोग र पहिचान संरक्षणमा उल्लेखनीय भूमिका खेल्ने धारणा राखे। कार्यक्रममा ग्रामीण साना किसान सहकारीका प्रबन्धक शालिकराम काफ्ले, आरुचौर एकता समाजका अध्यक्ष प्रताप पौडेल तथा दरौ सम्पर्क समाजका उपाध्यक्ष विजय खड्काले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालन डुक प्रसाद काफ्ले (राजु) ले गरेका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले समाजलाई अझ सक्रिय, समावेशी र सेवामुखी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

अधिवेशनले पूर्ण बहादुर रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डुक प्रसाद काफ्ले (राजु), उपाध्यक्षमा कृष्ण केसी, सचिवमा रमा देवी रोका, कोषाध्यक्षमा गोमा केसी तथा सह–कोषाध्यक्षमा दुर्गा बहादुर गुरुङ चयन भएका छन्। 

त्यस्तै सदस्यहरूमा गुप्त प्रसाद काफ्ले, रामकाजी रोका, सुजता के सि , चन्द्र ब. जि सि, रामचन्द्र जिसी र दिपेन्द्र रोका चयन भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन मण्डलमा हिरालाल काफ्लेको संयोजकत्वमा , दिलिप रोका, शालिकराम काफ्ले सदस्य रहेका थिए ।

कार्यक्रममा पारिवारिक वनभोजसहित सांस्कृतिक प्रस्तुति तथा आपसी भेटघाट पनि गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुदृढ बनाउन तथा समुदायबीचको एकता मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

सोहि अवसरमा संस्थाका सल्लाहकार सुक बहादुर केसिले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको संस्थाका नवनिर्वाचित वरिष्ठ  उपाध्यक्ष डुक प्रसाद काफ्ले ( राजुले ) जानकारी दिए ।

समाजले आगामी दिनमा शिक्षा, स्वास्थ्य, विपद् सहयोग तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा १५० जनाभन्दा बढीको उल्लेख्य सहभागिता भएको थियो ।



Top Post Ad

post bottom ads

Ads Bottom