Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गौर तनावग्रस्त : जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी

फागुन १० गते। रौतहटको सदरमुकाम गौरमा बढ्दो तनावपछि जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो।

प्रशासनले पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको ६ बुँदे सहमतिविपरीत शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो। बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि अवस्था नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

स्थिति उग्र बन्दै गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा परिचालित गरिएको छ।

शनिबार गौरका विभिन्न स्थानमा भएको झडपमा कैयौँ सवारी साधनमा आगजनी भएको छ भने गौर–३ स्थित एउटा मस्जिदसमेत जलाइएको जनाइएको छ।

यसअघि शुक्रबार भएको वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने तथा आगामी २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने सहमति भएको थियो। तर बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि रोकिएपछि सुरु भएको विवाद शनिबार फेरि चर्किएको बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom