Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

कुलेखानी सडकमा स्कारपियो दुर्घटना : चालक निदाउँदा चार जना घाइते



मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना४च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोतर्फ खसेको हो।

दुर्घटनामा स्कारपियो चालक कलैया–२ निवासी करिब ३८ वर्षीय विजय यादव घाइते भएका छन्। साथै सवारीधनी बरेवा–७ बस्ने करिब ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी श्रीमती करिब ४० वर्षीया शोभा गुप्ता र छोरा करिब १६ वर्षीय अनमोल गुप्ता पनि घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom