काठमाडौं महानगरपालिका–३१ कात्यायनी चोकस्थित ‘न्यू कश्यप बोइज होस्टेल’बाट लागूऔषध बरामद भएपछि सञ्चालिका पक्राउ परेकी छन्। होस्टेलको आवरणमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
माघ २७ गते साँझ बाट खटिएको टोलीले होस्टेल तलासी गर्दा करिब १ सय ३० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ बरामद गरेको थियो। सोही क्रममा होस्टेल सञ्चालिका सप्तरी छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्रलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार होस्टेलको काउन्टरबाट उक्त पदार्थ फेला परेको थियो। प्रारम्भिक अनुसन्धानले होस्टेललाई आवरण बनाएर लागूऔषध कारोबार भइरहेको हुन सक्ने आशंका गरिएको छ। हाल मिश्रलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
का प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेकी महिलामाथि लागूऔषध कसुरअन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। बरामद पदार्थको प्रकृति तथा संलग्नताबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






