Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्रोत नखुलेको नगद र गाँजासहित दुई जना पक्राउ

 

फागुन १७ गते । काठमाडौं महानगरपालिका–९ विजयचोकस्थित एक किराना पसलबाट स्रोत नखुलेको नगद र लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा शिवानी स्टोरमा छापा मार्दा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ३२ वर्षीय रविन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्रीलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको शरीर तथा पसलको खानतलासी गर्दा लागुऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ (पोलन) ५० ग्राम, गाँजा जस्तो देखिने पदार्थ ४६० ग्राम र स्रोत नखुलेको नगद रु. १२ लाख ४७ हजार बरामद गरेको जनाएको छ।

बरामद नगदमध्ये रु. १,००० दरका ८५६ थान र रु. ५०० दरका ७८२ थान नोट रहेका छन्। साथै, तीन थान मोबाइल फोन र बा ८८ प १३२१ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom