Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

धनगढीमा दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर


फाल्गुन १९,

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई पक्षबीच भएको झडपपछि क्षेत्र तनावग्रस्त बनेको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार झडप नियन्त्रणका क्रममा बल प्रयोग गर्नुपरेको हो। घटनामा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार होली खेलेर बसेका केही व्यक्तिहरू मदिरा सेवन गरेको अवस्थामा सामान्य विवादबाट झडप सुरु भएको देखिएको छ। सो क्रममा एसपी चन्द सवार गाडीमाथि समेत ढुङ्गामुढा प्रहार भएको बताइएको छ।

घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडपपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom