काठमाडौं उपत्यकामा प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन अनुमति (पास) नलिई सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचनको सुरक्षा कडा बनाउने क्रममा उपत्यकाका विभिन्न स्थानमा यस किसिमका करिब ९०० सवारीसाधन नियन्त्रणमा आएका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अधिकांश नियन्त्रणमा लिइएका सवारीसाधन ‘कोर एरिया’मा सञ्चालन भइरहेका थिए।
निर्वाचनका दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उल्लंघन गर्ने मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी जनाएको छ।
यो कदमले निर्वाचनको दिन उपत्यकामा सुरक्षा र आवतजावत व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।






