Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा प्रत्यक्षतर्फको मतपत्रमा हस्ताक्षर नगरेपछि मतदान स्थगित, सहमतिको प्रयास जारी

फाइल तस्विर


फाल्गुन २१ गते ।

स्याङ्जा क्षेत्र नम्बर–२ अन्तर्गत वालिङ नगरपालिका–१० स्थित बालज्योति आवासीय विद्यालय, मदीखोलामा रहेको मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ।

मतदान अधिकृतले प्रत्यक्षतर्फको मतपत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको हो। मतदानस्थलमा खटिएका एक जना सुरक्षा अधिकृतका अनुसार उक्त विषयलाई लिएर मतदाताबीच असन्तुष्टि देखिएपछि तत्कालका लागि मतदान स्थगित गरिएको हो।

सरकारी अधिकारीहरूका अनुसार अहिले सर्वदलीय सहमति जुटाएर पुनः मतदान सञ्चालन गर्ने प्रयास भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom