देशभर जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म करिब ३३ प्रतिशत मतदाताले मतदान गरेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार यस समयमा कुल ६,२२,०४२ मत खसेको छ।
क्षेत्रीय विवरण अनुसार सबैभन्दा बढी मतदान कोसी प्रदेशमा भएको छ, जहाँ ११,४९,५७१ मतदाताले मतदान पूरा गरिसकेका छन्। दोस्रो स्थानमा मधेस प्रदेश रहेको छ, जहाँ १०,२४,४४१ मत खसेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ९,७७,४१९ मत, र बागमती प्रदेशमा ८,५३,५२९ मत खसेको तथ्यांकमा उल्लेख छ।
तर बागमती प्रदेशको तथ्यांकमा काठमाडौँ उपत्यकाका तीन जिल्ला—काठमाडौँ, भक्तपुर र ललितपुर—मा खसेका ५,५२,८८६ मत समावेश गरिएको छैन।
यस्तै दिउँसो २ बजेसम्म गण्डकी प्रदेशमा ७,२४,१३०, सुदूरपश्चिम प्रदेशमा ५,६८,५५१ र कर्णाली प्रदेशमा ३,६९,५१५ मत खसेको निर्वाचन आयोगले जनाएको छ।







