Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

चार मत खसेको मतपेटिकामा पड्किएको थियो प्रहरीकै गोली

फाइल तस्वीर 


फाल्गुन २१,

उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियार अचानक पड्किँदा मतपेटिकामा क्षति पुगेको छ। घटनाको समयमा उक्त मतपेटिकामा चार मत मात्रै खसेको थियो।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार मतदानस्थलमा खटिएका एक प्रहरी जवानले बोकेको हतियार असावधानीवश पड्किँदा गोली मतपेटिकामा लागेको हो।

“असावधानीका कारण हतियार पड्किएको देखिएको छ। मतपेटिकामा क्षति पुगेको थियो, तर अहिले स्थिति सामान्य भइसकेको छ,” जोशीले बताए।

घटनापछि तत्कालै अर्को मतपेटिकाको व्यवस्था गरी मतदान प्रक्रिया निरन्तरता दिइएको प्रशासनले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom