Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

तीव्र गतिको अटो दुर्घटना: चालकसहित चार जनाको मृत्यु, एक जना घाइते

फाइल तस्विर 


फाल्गुन २३ गते ।

चितवनको कालिका नगरपालिका–९ मा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उर्पदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा प्र ०६–००१ ह ०३१५ नम्बरको अटो कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडक खण्डमा आफैँ अनियन्त्रित भई नालामा पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षीय तिलक तामाङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र अधिकारीले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा घाइते भएकी राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom