Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

दुर्गम केन्द्रको मतपेटिका ढुवानीमा समस्या, सङ्खुवासभामा मतगणना प्रभावित

फाइल तस्विर 


फाल्गुन २३,

सङ्खुवासभामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत केही दुर्गम मतदान केन्द्रका मतपेटिका ढुवानीमा समस्या उत्पन्न हुँदा मतगणना प्रक्रिया प्रभावित भएको छ। विशेषगरी भोटखोला गाउँपालिका अन्तर्गत पर्ने दुधपोखरी आधारभूत विद्यालय, थुदामस्थित मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाममा ल्याउन नसकिएको जनाइएको छ। उक्त मतपेटिका आज ल्याउने तयारी भए पनि जिल्लामा मौसम अझै प्रतिकूल रहेकाले ढुवानी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

यसैबीच जिल्लाको उत्तरी दुर्गम क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्र रहेका चार वटा मतदान केन्द्रका मतपेटिका भने बिहीबार नै हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो।

हेलिकप्टरमार्फत ल्याइएका मतपेटिकामा भोटखोला गाउँपालिकाको हिमालय आधारभूत विद्यालय, किमाथांका तथा ज्योति आधारभूत विद्यालय, रिदाकरका मतदान केन्द्रका साथै सिलिचोङ गाउँपालिका–५ को खेम्पालुङ आधारभूत विद्यालय र वडा नं. ३ स्थित शिवशक्ति माध्यमिक विद्यालय, काम्पेक मतदान केन्द्रका मतपेटिका समावेश छन्।

दुर्गम थुदाम मतदान केन्द्रमा भने जम्मा १३ मत मात्र खसेको बताइएको छ। हालसम्म जिल्लाभरका १६४ मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिएकी छन्।

Top Post Ad

post bottom ads

Ads Bottom