Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको ऐतिहासिक जीत, प्रतिद्वन्द्वीभन्दा तीन गुणा बढी मत

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरका साथ विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई उल्लेख्य मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन परिणामअनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्, जुन पुनले पाएको मतको झण्डै तीन गुणा कम हो।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत हासिल गरेका छन्।

यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

जिल्लामा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom