Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्वतन्त्र पत्रकार संघ कास्कीद्वारा नव निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा सम्मान

कास्की , चैत्र २७ गते । स्वतन्त्र पत्रकार संघ कास्कीले नव निर्वाचित केन्द्रीय समितिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष डि.आर. काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्कीको विशेष उपस्थिति रहेको थियो। उहाँले आफ्नो मन्तव्य राख्दै स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो। पत्रकारिता कुनै शक्ति वा प्रभावमा नभई सत्य, निष्पक्षता र जनहितको पक्षमा उभिनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान परिवेशमा स्वतन्त्र पत्रकारिताको भूमिका अझ सशक्त र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, सचिव कल्याण पन्त र सदस्य सागर कार्कीलाई कास्की शाखाको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो। केन्द्रीय अध्यक्ष बास्तोलाले आफ्नो मन्तव्य राख्दै संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै पत्रकारहरुको हक, अधिकार र मर्यादाको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देशको समसामयिक अवस्था र सञ्चार क्षेत्रका चुनौतीहरूलाई सामना गर्न एकजुटता र पेशागत निष्ठा आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी, सचिव कल्याण पन्त र सदस्य सागर कार्कीले पनि आफ्ना भनाइ राख्दै संगठनात्मक एकता, पत्रकारहरुको क्षमता अभिवृद्धि तथा स्वतन्त्र पत्रकारिताको सुदृढीकरणमा जोड दिनुभयो।

कार्यक्रममा स्वतन्त्र पत्रकारिता र देशको समसामयिक अवस्थाबारे समेत व्यापक छलफल गरिएको थियो। सहभागीहरूले वर्तमान सञ्चार वातावरण, पत्रकारितामा देखिएका चुनौतीहरू र सम्भावनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज जैसीले गर्नुभएको थियो। कार्यक्रमको हल तथा खाजा व्यवस्थापन दि भिलेजका रामचन्द्र लामिछाने र भोजराज उपाध्यायले गर्नुभएको थियो।

कार्यक्रमले नव निर्वाचित केन्द्रीय समितिलाई थप जिम्मेवार र ऊर्जावान बन्न प्रेरणा दिने विश्वास लिइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom