Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

प्रतिनिधिसभामा तीन अध्यादेश पेस, शोक प्रस्ताव पनि पारित



काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा महत्वपूर्ण अध्यादेश पेस गर्नुभएको छ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूको मन्तव्यपछि नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले निम्न अध्यादेशहरू पेस गर्नुभयोः

  • नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२
  • प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२
  • नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२

सरकारले संविधानको धारा ८४ (२) अनुसार समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न जनसंख्यामा आधारित आरक्षणसम्बन्धी कानुनी व्यवस्था संशोधन गरेको जनाएको छ।

त्यस्तै, गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली अद्यावधिक गर्न आवश्यक कानुनी प्रावधान मिलाउन निर्वाचनसम्बन्धी अध्यादेश ल्याइएको हो।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत ल्याउने व्यवस्था ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ मार्फत गरिएको जानकारी दिनुभयो।

बैठकमा संविधानसभा सदस्य तथा पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा एवं राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने तय गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom