नवनिर्वाचित समितिमा उपाध्यक्षमा रमेश चापागाईं, महिला उपाध्यक्षमा नीरा राना, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा रामजीप्रसाद आचार्य चयन भएका छन्। सह कोषाध्यक्षमा श्रीकृष्ण विश्वकर्मा, सदस्यहरूमा अनिल घिमिरे, परमानन्द भण्डारी, रामराज अधिकारी, प्रवीण ताम्राकार र हरिहर खतिवडा रहेका छन्।
कोषाध्यक्ष पदमा भने प्रतिस्पर्धात्मक चुनाव भएको थियो, जसमा विष्णु बस्याललाई पछि पार्दै रामजीप्रसाद आचार्यले करिब ७० प्रतिशत मतसहित विजय हासिल गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकी ले आयुर्वेद क्षेत्रको सुदृढीकरण, व्यवसायिक मर्यादा र विस्तारमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनले राज्यस्तरबाट स्पष्ट नीति, लगानी र प्रोत्साहनको खाँचो औंल्याउँदै आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
डा दीपक भुसाल को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव लेखनाथ भुसाल, निवर्तमान अध्यक्ष जंगराज गिरी, पूर्वअध्यक्ष लोकेन्द्र चापागाईं, पूर्व महासचिव किरण शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण राउत तथा रमेश चापागाईं, संस्थापक अध्यक्ष राजु पौडेल र केन्द्रीय सचिव कृष्ण तिमिल्सिनालगायतले आयुर्वेद क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे आ-आफ्ना धारणा राखेका थिए।
नयाँ नेतृत्वले ‘व्यवसायिक सुदृढीकरण, सेवा विस्तार र आयुर्वेदको विश्वसनीयता अभिवृद्धि’लाई प्राथमिकतामा राख्दै आगामी कार्यकाल अघि बढाउने अपेक्षा गरिएको छ।







