Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा भरुवा बन्दुकसहित एक जना पक्राउ

 

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाबाट एक नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बुधबार विरुवा गाउँपालिका–७ चित्लाङका ४६ वर्षीय केशबहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको घरबाट फलामको गजसहितको एक नाले भरुवा बन्दुक, करिब तीन ग्राम बारुद, १० थान छर्रा र तीन थान केप बरामद गरेको जनाएको छ। ती सामग्री घरमै लुकाएर राखिएको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरी ले हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार जिल्ला अदालत स्याङ्जा बाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom