Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मेचीनगरमा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी जवानको मृत्यु



झापा । मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापा का अनुसार पाँचथर फिदिम नगरपालिका–१२ घर भएका तथा बाहुनडाँगीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङको मृत्यु भएको हो।

मंगलबार साँझ करिब ५:३० बजे मदन भण्डारी राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका–२ दुर्गा मन्दिर नजिक तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा साँझ ६:४५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लीराम सुब्बा पनि घाइते भएका छन्। उनको हातमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको

Top Post Ad

post bottom ads

Ads Bottom