Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ज्यान लिएर १० वर्षदेखि फरार रहेकी रञ्जु देवी प्रहरीको नियन्त्रणमा

वैशाख

२९ गते ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज बाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वादी नेपाल सरकार विरुद्ध प्रतिवादी रञ्जु देवी महतो रहेको मुद्दा नं. ०७३-CR०१९९ अन्तर्गत सर्लाही जिल्ला अदालत को मिति २०७३/०८/२९ गतेको फैसलाबमोजिम जिल्ला सर्लाही साविक गौरीशंकर गाविस–९ निवासी पवनकुमार महतोकी पत्नी रञ्जु देवी महतोलाई १० वर्ष कैद सजाय सुनाइएको थियो।

फैसलापछि फरार रहेकी महतोलाई फैसला कार्यान्वयनको क्रममा प्रहरी टोलीले मिति २०८३/०१/२८ गते साँझ सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो।

पक्राउ परेकी महतोलाई मिति २०८३/०१/२९ गते अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय मलंगवा चलान गरिएको प्रहरीले जनाएको 

Top Post Ad

post bottom ads

Ads Bottom