Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मलमास बार्न माइती गएकी नवविवाहिता रितु अझै बेपत्ता, अमरसिंह चोकबाट सम्पर्कविहीन



पोखरा । महिनादिनअघि मात्रै विवाह गरेकी कास्कीको मादी गाउँपालिका–८ पाखुरीकोट माइतीघर भई हाल पोखरा बुद्धचोक बस्दै आएकी रितु लामा गुरुङ अझै सम्पर्कविहीन रहेकी छन्।

परिवारका अनुसार मलमास बार्न गत वैशाख ३० गते माइतीघर गएकी रितु जेठ ११ गते बिहान करिब ११ बजे घरबाट निस्किएकी थिइन्। पोखरातर्फ आउन ढिलो भएकी उनी दिउँसो करिब २ बजे मात्रै बस चढेको खुलेको छ।

बुद्धचोक झर्नुपर्ने उनी बेलुका करिब साढे ६ बजे पोखराको अमरसिंह चोकस्थित सार्वजनिक शौचालय नजिक ओर्लिएको जानकारी परिवारले दिएको छ। त्यसयता भने उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।

घटनापछि परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराइसकेको छ। रितुको खोजी कार्य जारी रहेकाले उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom