पाल्पा । पाल्पा जिल्लाको सहलकोट–६ स्थायी घर भएकी गहुमाय राना विगत करिब तीन दिनदेखि सम्पर्कविहीन भएकी छन्। परिवारका अनुसार उनी प्रभु बैंकमा गएर पैसा निकाल्ने तथा खैरानिपुरमा किस्ता तिर्ने भन्दै घरबाट निस्किएकी थिइन्। तर साँझसम्म पनि घर नफर्किएपछि परिवार चिन्तित बनेको छ।
परिवारले आफन्त, इष्टमित्र तथा सम्भावित स्थानहरूमा खोजी गरे पनि हालसम्म उनको कुनै जानकारी प्राप्त नभएको जनाएको छ। घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको छ र खोजीकार्य जारी रहेको बताइएको छ।
हराइरहेकी गहुमाय रानाको हुलिया गहुँगोरो वर्ण, करिब ४ फिट ६ इन्च उचाइ तथा कलेजी रंगको कुर्था लगाएकी रहेको परिवारले जनाएको छ।
परिवारले उनलाई कतै देख्नुभएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तत्काल जानकारी गराइदिन सबैसँग अनुरोध गरेको छ। स्थानीयवासी तथा सर्वसाधारणलाई खोजीकार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ।





