Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु, ९ जना घाइते


कपिलवस्तु , जेठ १४ गते ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।

सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको टेम्पोलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा कपिलवस्तु नगरपालिका–६ सेमेरीका ३ वर्षीय महफुज मुसलमान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनामा टेम्पो चालक कपिलवस्तु नगरपालिका–३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका अन्य ८ जनाको सामान्य उपचारपछि घर फर्किएको बताइएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom