विभागका अनुसार यशोधा फुड्स प्रालि द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ परीक्षणका क्रममा गुणस्तर मापदण्डमा असफल भएका छन्।
विभागले अनिवार्य मापदण्डअनुसार आवश्यक ‘एक्स्ट्र्याक्टेड फ्याट एसिड भ्यालु’ नपाइएको जनाएको छ। त्यसपछि ती उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।
त्यसैगरी सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तर परीक्षणमा अनुत्तीर्ण भएको विभागले जनाएको छ।
विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गुणस्तरहीन खाद्य सामग्रीको उत्पादन तथा बिक्री वितरण नगर्न सम्बन्धित उद्योगहरूलाई सचेत गराएको छ।








