काठमाडौं । बेरोजगार युवायुवतीलाई कतार, इराक, अष्ट्रेलिया र क्रोएसियालगायत देशमा रोजगारी लगाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ।
पक्राउ पर्नेमा का ३७ वर्षीय नारायण जोशी रहेका छन्। उनले कतार पठाइदिने भन्दै १४ जनाबाट ४८ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनीविरुद्ध सात वटा मुद्दा रहेको प्रहरीले जनाएको छ। जोशीलाई जेठ ३ गते बाट पक्राउ गरिएको हो।
त्यसैगरी का ४३ वर्षीय गोपाल विक्रम रानालाई इराक पठाइदिने भन्दै तीन जनाबाट २० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई बाट जेठ ४ गते पक्राउ गरिएको हो।
यस्तै का ३२ वर्षीय नवराज पौड्याललाई अष्ट्रेलिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। उनलाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै का ५८ वर्षीय ङवाङ लामालाई क्रोएसिया पठाइदिने भन्दै १० लाख रुपैयाँ असुलेको आरोपमा पक्राउ गरिएको छ। उनलाई बाट जेठ २ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार आरोपितहरूले आकर्षक तलब र सहज प्रक्रियाको प्रलोभन देखाएर रकम उठाएका थिए। तर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए।
प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना बढ्दै गएको भन्दै विदेश जान चाहने व्यक्तिलाई आधिकारिक म्यानपावर कम्पनी तथा सरकारी निकायमार्फत मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।





