Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफ्नै घरमा कुरुवा राख्ने प्रेम अरूका घर फोड्दै पक्राउ, चोरीकै पैसाले घर–गाडी किनेको खुलासा


बाँके ।

प्रेम थारु लाई चोरी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौं ले आदेश दिएको छ।


बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बेलासपुरका ४१ वर्षीय थारु मंगलबार अदालतको आदेशपछि जेल चलान भएका हुन्। न्यायाधीश रामचन्द्र खड्काको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो।


प्रहरीका अनुसार थारु काठमाडौँको बौद्धस्थित एक घरबाट १ करोड २१ लाख ६ हजार ८०० रुपैयाँ बराबरका सुनका गहना चोरी गरेको आरोपमा २०८२ माघ २१ गते पक्राउ परेका थिए। पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा उनको दाहिने खुट्टामा गोली लागेको थियो। चोरी भएका सम्पूर्ण गहना समेत प्रहरीले बरामद गरेको जनाएको छ।


अनुसन्धानका क्रममा प्रेम थारुले चोरीबाट आर्जित रकम प्रयोग गरेर घर, जग्गा र गाडी खरिद गरेको खुलेको छ। उनी काठमाडौं उपत्यकामा विभिन्न चोरी घटनामा संलग्न रहेको प्रहरीको दाबी छ।


रोचक पक्ष के भने, अरूका घर फोड्दै हिँड्ने थारुले आफ्नै घरको रेखदेखका लागि कर्मचारी नै राखेको खुलेको छ। बाँकेको कोहलपुरस्थित घर हेर्न मासिक १५ हजार रुपैयाँ तलब दिएर कर्मचारी राखिएको बयानमा उल्लेख छ।


प्रहरी अनुसन्धानअनुसार Everest Bank को बानेश्वर शाखामार्फत उनले २ करोड ६२ लाख २८ हजार २९९ रुपैयाँ बराबरको कारोबार गरेको भेटिएको छ भने खातामा हाल १६ लाख २४ हजार १९६ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom