Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हाटबजारमा नक्कली नोट चलाउन खोज्ने तीन जना पक्राउ, ८ हजार रुपैयाँ बरामद


नवलपुर ।

बर्दघाट नगरपालिका को माकरस्थित हाटबजार क्षेत्रमा नक्कली नेपाली नोट चलाउन खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा चाउमिन पसलमा पुगेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा परिवर्तित संकेत नाम जिल्ला ४९ (अ) कुमारी, परिवर्तित नाम जिल्ला ४९ (आर) कुमारी तथा सरावल गाउँपालिका–५ बडहरा दुबौलिया निवासी ३८ वर्षीय नगेन्द्र केवट रहेका छन्।

उनीहरूको साथबाट १ हजार दरका ६ थान र ५ सय दरका ४ थान गरी जम्मा ८ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मुद्रा सम्बन्धी कसुरअन्तर्गत नवलपरासी जिल्ला अदालत बाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom