Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा पौडी खेल्ने क्रममा डुबेका १४ वर्षीय बालकको मृत्यु


पोखरा, जेठ १४ गते ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेका १४ वर्षीय स्वहेन नेपाली को मृत्यु भएको छ।

बिहीबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा उनी खोलामा डुबेर बेपत्ता भएका थिए। घटनापछि खोजीका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल को गोताखोर टोलीले उनलाई करिब २० फिट गहिराइबाट उद्धार गरेको थियो।

गम्भीर अवस्थामा उद्धार गरिएका स्वहेनलाई उपचारका लागि गण्डकी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom