Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा ५७२ सुकुम्बासीले बुझाए विवरण, वास्तविक पहिचान गर्न पोखरा महानगरको छानबिन सुरु


पोखरा, जेठ १२ गते ।

पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका ५७२ सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक पहिचान प्रक्रिया अघि बढाएको छ।

महानगरपालिकाका अनुसार मिति २०८३ जेठ ८ गतेसम्म अध्यावधिक विवरण तथा लगत बुझाएका परिवारहरूको सत्यतथ्य अध्ययन, छानबिन तथा वास्तविक अवस्था पहिचान गर्न विशेष समिति गठन गरिएको हो।

समितिलाई १० कार्यदिनभित्र तथ्यगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको महानगरले जनाएको छ। साथै, अध्ययनका क्रममा “सुकुम्बासी समस्या सहजीकरण समिति (पोखरा बसपार्क)” सँग आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गरिएको छ।

गठित समितिमा जिल्ला प्रशासन कार्यालय कास्की, साविक मालपोत कार्यालय, साविक नापी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की तथा कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका अधिकृत प्रतिनिधिहरू सहभागी रहेका छन्।

पोखरा बसपार्क क्षेत्रको सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित, तथ्यमा आधारित र पारदर्शी बनाउन महानगरले प्रक्रिया अघि बढाएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom