पर्सा । राजेशमान सिंह विरुद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्सा ले पक्राउ पुर्जी जारी गरेको छ।
प्राप्त जानकारीअनुसार मेयर सिंहविरुद्ध दर्ता भएका चार वटा मुद्दामध्ये हाल लिखत सम्बन्धी कसुरमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनीमाथि ‘नक्कली बाबु’ बनेर एक युवतीलाई नागरिकता दिलाएको आरोप लागेको छ।
प्रहरी स्रोतका अनुसार अदालतको आदेशपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान तीव्र बनाइएको छ।
यो प्रकरण सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिका सहित राजनीतिक वृत्तमा समेत व्यापक चर्चा सुरु भएको छ।
सम्बन्धित निकायले नागरिकता प्रक्रिया, लिखत किर्ते तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।





