Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हिरासत मृत्यु प्रकरण : प्रहरीको आन्तरिक छानबिनपछि कारबाही सिफारिस

 

सिन्धुली । सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित समितिले संलग्न प्रहरी कर्मचारीमाथि विभिन्न कारबाही सिफारिस गरेको छ।

दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले घटनामा संलग्न प्रहरी कर्मचारीमध्ये एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत तथा एक जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको जनाएको छ।

नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ।

समितिले ‘हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१’ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न, ड्युटीका समयमा अन्य कार्यमा संलग्न नहुन तथा हिरासत कक्षको नियमित निगरानी गर्न पनि सुझाव दिएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom