Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घुस प्रकरणमा तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारी का अनुसार विशेष अदालत मा दर्ता भएको घुस प्रकरणसम्बन्धी मुद्दामा सरकारी साक्षी रहेका विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार उनीहरूले २०८३ वैशाख २५ गते बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत बयान दिएका थिए।

मुद्दामा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ निवासी विप्लव पोख्रेलविरुद्ध ५६ हजार ३५० रुपैयाँ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ निवासी प्रल्हाद गौतमविरुद्ध ३७ हजार ५०० रुपैयाँ तथा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ निवासी राजेश श्रेष्ठविरुद्ध २७ हजार ३५० रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै मङ्गलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको 

Top Post Ad

post bottom ads

Ads Bottom