पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका विभिन्न राजनीतिक दलका भवनमा डोजर चलाएको छ।
महानगरले प्रमुख राजनीतिक दल तथा सामाजिक संघ–संस्थासँग सम्बन्धित ९ वटा संरचना हटाउने क्रममा डोजर प्रयोग गरेको जनाएको छ।
महानगरपालिका अनुसार सार्वजनिक तथा खोला क्षेत्र अतिक्रमण हटाउने अभियानअन्तर्गत आइतबारदेखि पृथ्वीचोक आसपासका खोलाघर र सरकारी जग्गा खाली गराउने कार्य निरन्तर सञ्चालन भइरहेको छ।
पोखरा महानगरपालिका ले सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि अभियानलाई थप कडाइका साथ अघि बढाइने जनाएको





