Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न गुण नियन्त्रण विभागको आदेश

पोखरा।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तरहीन तोरी तेल बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

विभागद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८१/८२ मा संकलित नमुनाको परीक्षणका क्रममा आयातित कच्चा तेलबाट उत्पादित तोरी तेल नेपाल खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डअनुसार नभएको पाइएको हो।

सूचनामा उत्पादन मिति २०८२ पुस २६ र ६ महिनाको उपभोग्य मिति रहेको २० लिटर क्षमताको तोरी तेल उल्लेख गरिएको छ। उक्त तेलको उत्पादक कम्पनी सिद्धार्थ आयल प्रोडक्ट्स रहेको विभागले जनाएको छ।

विभागले सम्बन्धित उत्पादकलाई बजारमा बिक्री वितरण रोक्न तथा बिक्री भइसकेका उत्पादन तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom