Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पानस बचत तथा ऋण सहकारीको १४औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


पोखरा , जेठ ९ गते । पानस बचत तथा ऋण सहकारी लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिका–८, सिर्जनाचोकस्थित सहकारीको कार्यालय अगाडि शनिबार सञ्चालन गरिएको शिविरबाट ११० जना लाभान्वित भएका छन्।

सहकारीका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्तमान अध्यक्ष इन्द्रमान चौहानले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं. ८ की जनप्रतिनिधि पवित्रा केसीले शुभकामना मन्तव्य राख्दै स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो। गण्डकी मेडिकल कलेजका संयोजक सागर पौडेलले स्वास्थ्य सेवामा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै यस्ता शिविरले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।


कार्यक्रममा सहकारीका सचिव डुक प्रसाद काफ्ले (राजु), प्रबन्धक धनिन्द्र गुरुङ तथा कार्यक्रम संयोजक गुणाखर अर्यालको सक्रिय भूमिका रहेको थियो। शिविर गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रमका अतिथि एवम् अर्जुनचौपारी पोखरा साकोसका सचिव गोविन्द सापकोटाले आफ्ना भनाइ राख्दै सहकारीको यस्ता कार्यक्रमले समाजसँगको निकटता बढाउने बताउनुभयो ।

शिविरमा ENT, हाडजोर्नी (अर्थो), मेडिसिन, दाँत, सुगर, प्रेसर लगायत विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। स्वास्थ्य परीक्षणका लागि डा. आमोद सुवेदी (अर्थो), डा. प्रजोल श्रेष्ठ (ENT), डा. दीक्षा पराजुली (डेन्टल), डा. उषा थापा (डेन्टल), डा. अभा पाण्डे (डेन्टल) तथा डा. कुसुम रोका (मेडिसिन) सहभागी हुनुभएको थियो। त्यसैगरी नर्स अश्मिता बश्याल र फार्मासिस्ट प्रशान्त चापागाईंले पनि सेवा प्रदान गर्नुभएको थियो।

गण्डकी मेडिकल कलेजबाट हिमान्शु अर्यालसहितको टोलीको सहभागितामा सम्पन्न उक्त शिविरमा स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom