Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकीसहित देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी


जेठ ९ गते ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश का केही स्थान तथा सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। साथै गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई भू–भागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom